बागलुङ, ७ भदौ – विप्लब नेतृत्वको नेकपासहित चार वटा कम्युष्टि घटकले आब्हान गरेको नेपाल बन्दको प्रभावले बागलुङ, म्याग्दी, पर्वतका यातायात, शैक्षिक संस्था र बजार क्षेत्र पूर्णरुपमा बन्द भएका छन् । प्रहरीले बन्द गर्दै हिडेका नेकपाका ५ जना कार्यकर्तालाई बागलुङबाट पक्राउ गरेको छ ।
नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुतीले नेतृत्व गरेको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी शुशिलले नेतृत्व गरेको नेकपा माओवादी समाजवादी पार्टीले आयोजना गरेको बन्द सफल पार्न हिडेका नेता कार्यकर्तालाई प्रहरीले बागलुङबाट पक्राउ गरेको हो ।

नेपाल वन्दले पूर्णरुपमा बन्द बागलुङ बजार । तस्विर:जनमञ्च
नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगायत ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई बागलुङ सदरमुकामका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताए ।
राष्ट्रियता स्वाधीनता माथिको हस्तक्षेप, जनतन्त्र, जनजिविका र मुल्य बृद्विको विरोध, कालोबजारी र भ्रष्टाचार, कमिसनखोर लगायतका विषयमा बन्द आब्हान गरिएको हो । यी जिल्लाहरुमा बन्दको प्रभाव आंशिक परेको छ ।