९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेडले आर्सनललाई हरायो


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेडले आर्सनललाई हरायो

    १७ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

    रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा गरेका थिए । त्यसअघि खेलको १३औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

    रोनाल्डोले ५२औं मिनेटमा अग्रता दिलाएपनि ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २-२ को अवस्थामा पुग्यो । तर ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड ३-२ ले विजयी भयो ।

    आर्सनलका ओडेगार्डले युनाइटेडका फ्रेडलाई फाउल गरेपछि भिएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पायो र त्यसमा रोनाल्डोले गोल गरे ।

    जितपछि युनाइटेडले १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । आर्सनल १४ खेलबाट २३ अंकसहित पाँचौं स्थानमा छ । यस्तै लिगकै अर्को खेलमा टोटनहम हट्सपरले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको छ ।

    टोटनहमका लागि हेउन मिन सनले एक गोल गरे भने ब्रेन्टफोर्डका सर्जी कानोसले एक आत्मघाती गोल गरे । जितपछि टोटनहम १३ खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend