काठमाडौं, २१ मंसिर – सन्दीप लामिछानेसहित ११ नेपाली खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को ड्राफ्टमा परेका छन् ।
सन्दीप नेपालबाट प्लाटिन क्याटेगोरीमा पर्ने एक्लो खेलाडी बनेका छन् । अन्य खेलाडी भने सिल्भर क्याटेगोरीमा परेका छन् ।
१२ डिसेम्बरमा हुने ड्राफ्टका लागि सिल्भर कोटामा नेपालका सोमपाल कामी, पवन सरार्फ, सुशन भारी, शरद भेष्वाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, बसन्त रेग्मी, साहव आलम र विक्रम सोब छन् । विकेटकिपर विनोद भण्डारी गोल्ड क्याटेगोरीमा छन् ।
हरेक टोलीले समान ३–३ प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई/दुई खेलाडी अनुबन्ध गर्न पाउछन् ।
सन्दीप रहेको प्लाटिनम क्याटेगोरी अनुबन्ध हुने खेलाडीले १ लाख ३० हजारदेखि १ लाख ७० हजार डलर सम्म पारिश्रमिक पाउनेछन् । सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार डलरसम्म रहनेछ ।