काठमाडौं, १ पुस – नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ११७५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ६७३ मत पाएका छन् । विश्वप्रकाश शर्माले ४३४ मत पाएका छन् ।
प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मिनेन्द्र रिजालले १९४ मत पाएका छन् ।
महामन्त्रीका अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका राजाराम कार्की भने ३८ मतसहित सबैभन्दा पुछारमा छन् ।