९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ए डिभिजन लिगमा थ्री स्टार र एनआरटी बराबरीमा


जनमञ्च संवाददाता
  • ३ पौस २०७८ , शनिबार

  • ए डिभिजन लिगमा थ्री स्टार र एनआरटी बराबरीमा

    काठमाडौं, ३ पुस – सहिद स्मारक लिग ए डिभिजन ०७८ को दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई घाटा हुनेछ, तर सबैभन्दा बढी चोट थ्री स्टारलाई परेको छ ।

    थ्री स्टारको यो लगातार तेस्रो बराबरी हो, त्यसमध्ये यो लगातार दोस्रो गोलरहित बराबरी रहेको छ । प्रतियोगिता अगाडि उपाधिको प्रत्यासी मानिएको थ्री स्टार छ अंकमा पाँचौं स्थानमा छ र शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दीभन्दा सात अंकले पछाडि परिसकेको छ ।
    एनआरटी पनि छ अंकमै रह्यो र सातौं स्थानमा उक्लिन सफल रह्यो । एनआरटी भने उद्घाटन खेलमा पराजित भएयता त्यसपछाडिका चार खेलमा अपराजित छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend