पोखरा, ५ पुस – युवा तथा खेलकुद मन्त्रालयले ढोरपाटन दैनिकका पत्रकार विजय नेपालीसहित ९ खेल पत्रकारलाई सम्मान गरेको छ । पत्रकारिता प्रोत्साहन समावेशीतर्फ नेपालीले जनही २५ हजार रुपैयाँसहित सम्मान पाएका हुन् ।
मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौंका हिमेशरत्न बज्रचार्य सम्मान गरेको थियो । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सन्जु पौडेल जनही २५ हजार रुपैयाँ पाए ।
पत्रकारिता प्रोत्साहन पुरस्कार (प्रदेशगत) तर्फ सम्मानित हुनेमा प्रदेश १ का नमिन ढकाल, प्रदेश २ का बसन्त खतिवडा, बाग्मती प्रदेशका कुशल तिमल्सिना, गण्डकी प्रदेशकी सोनिता अर्याल, लुम्बिनी प्रदेशका दीपक न्यौपाने, कर्णाली प्रदेशका रमेशकुमार पाण्डे र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट पुरस्कृत भए ।
सातै जनाले समान २५–२५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।