११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

यू–१९ एसिया कप क्रिकेट: अनुभवहीन नेपाल बंगलादेशसँग खेल्दै


जनमञ्च संवाददाता
  • ९ पौस २०७८ , शुक्रबार

  • यू–१९ एसिया कप क्रिकेट: अनुभवहीन नेपाल बंगलादेशसँग खेल्दै

    काठमाडौं, ९ पुस – नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा शुक्रबार बंगलादेशको सामना गर्दै छ । यूएईमा जारी प्रतियोगितामा नेपाल र बंगलादेश दुवैको पहिलो खेल हो । आईसीसी यू–१९ विश्वकप विजेता बंगलादेश यू–१९ एसिया कपको पछिल्लो संस्करण फाइनलमा भारतसँग पराजित थियो ।

    नेपाली टोलीका धेरै खेलाडीसँग अन्तर्राष्ट्रिय अनुभव छैन । कप्तान देव खनाललगायत धेरै खेलाडी पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । शारजहाँमा हुने खेलबाट नेपाली यू–१९ टोलीको परिक्षण हुनेछ । नेपाल सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सेमिफाइनलसम्म पुगेको थियो । नेपाल यू–१९ एसिया कपको सेमिफाइनल पुगेको यो एकमात्र अवसर हो ।

    नेपाल र बंगलादेश समावेश समूह ‘बी’ को बिहीबारको खेलमा श्रीलंकाले कुवेतलाई २ सय ७४ रनले पराजित गरेको छ । श्रीलंकाले चार खेलाडीको अर्धशतकमा पहिला ब्याटिङ गर्दै ३२३–५ को स्कोर बनाएको थियो भने जवाफमा आएको कुवेतलाई १७.३ ओभरमा ४९ रनमै अलआउट गरेको थियो ।

    समूह ‘ए’ भारतले यूएईलाई १ सय ५४ रनले र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले पराजित गरे । ओपनर हरनुर सिंहले १ सय ३० बलमा ११ चौका प्रहार गरी १ सय २० रन बनाएपछि भारतले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाई २ सय ८२ रन बनाएको थियो । जवाफमा यूएई ३४.३ ओभरमा १ सय २८ रनमा अलआउट भयो ।

    दुबईमा भएको अर्को खेलमा अफगानिस्तान २३.१ ओभरमै ५२ रनमा अलआउट भयो । पाकिस्तानले ६ विकेट गुमाई पनि १७ औं ओभरमा लक्ष्य पूरा गर्‍यो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend