११ कार्तिक २०८३ , मंगलबार

११ कार्तिक २०८३ , मंगलबार
  • ११ कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सेन्ट्रल जोन भलिबलमा क्रिगिस्थानलाई हराउदै नेपाल फाइनलमा


जनमञ्च संवाददाता
  • १२ पौस २०७८ , सोमबार

  • सेन्ट्रल जोन भलिबलमा क्रिगिस्थानलाई हराउदै नेपाल फाइनलमा

    काठमाडौं, १२ पुस – नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रिगिस्थानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाईनल पुगेको छ ।

    ढाकास्थित शहीद सुरावर्दि कभर्डहलमा सोमबार भएको अन्तिम खेलमा क्रिगिस्थानविरूद्ध २५-८, २५-१४, २५-१७ को जित निकाल्दै साविक विजेता नेपाल लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।

    नेपालले फाइनलमा मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंकामाथि ३-२ को नाटकीय जित निकालेको नेपालले दोस्रो खेलमाा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

    यस्तै, तेस्रो खेलमा आयोजक बंगलादेशविरूद्ध ३-० को जित निकालेको थियो । भने, चौथो खेलमा उज्वेकिस्तानविरूद्ध ३-० को जित निकालेको थियो ।

    नेपाल अपराजित रहँदै ५ खेलबाट १४ अंक जोडेको छ । प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेश, किर्गीस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend