८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘ए मेरो हजुर-४’मा अनमोल र सुहानाको रोमान्स


जनमञ्च संवाददाता
  • ३० पौस २०७८ , शुक्रबार

  • ‘ए मेरो हजुर-४’मा अनमोल र सुहानाको रोमान्स

    काठमाडौं, ३० पुस – कोरोना महामारीको अन्योलका बीच नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ले प्रदर्शन मिति तय गरेको छ।

    चलचित्र टिजर सार्वजनिक गर्दै फिल्म युनिटले प्रदर्शन मिति पक्का गरेको हो।

    आउँदो वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मको टिजरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापालाई देख्न सकिन्छ।

    टिजरमा अनमोल र सुहानाको प्रेम, रोमान्स र बिछोडको कथा प्रस्तुत गरिएको छ।

    ब्लकबस्टर सिरिज ‘ए मेरो हजुरको’को चौथो सिरिजमा आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्री निकै राम्रो देखिएको छ। सुनिलकुमार थापाले निर्माण गरेको यो चलचित्र झरना थापाले निर्देशन गरेकी हुन्।

    यसअघि चैत २५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म युनिटले एक साता स्थगित गर्दै वैशाख १ गतेलाई प्रदर्शन मिति पक्का गरेको हो। यो चलचित्र फिल्म उद्योगले आशा गरेको चलचित्र हो।

    भिडिओ:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend