९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दर्शकबिनै आहा ! रारा गोल्डकप संचालन हुने


जनमञ्च संवाददाता
  • ५ माघ २०७८ , बुधबार

  • दर्शकबिनै आहा ! रारा गोल्डकप संचालन हुने

    पोखरा, ५ माघ – २० औं संस्करणको आहा ! रारा गोल्डकप प्रतियोगिता दर्शकविना नै संचालन हुने भएको छ । आयोजक सहारा क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत् सो घोषणा गरेको हो । प्रतियोगिता माघ ६ गते अर्थात् बिहीबारबाट माघ १५ गतेसम्म पोखरा रंगशालामा आयोजना हुँदैछ ।

    क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार राज्यले जारी गरेको स्वास्थ्य मापदण्डलाई ख्यालमा राख्दै यो निर्णय गरिएको हो । ‘हाम्रा लागि दर्शक र प्रतियोगिता उत्तिकै महत्वपूर्ण कुरा हुन् । त्यसो भन्दैमा हामी आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्न चाहँदैनाँै’,अध्यक्ष गुरुङले भने,‘सहारा क्लब फुटबलको विकासमा निरन्तर लागेको क्लब हो । खेलकुदलाई रोक्न हुन्न भन्ने लक्ष्यका साथ दर्शकविना पनि प्रतियोगिता गर्न लागेका हौँ ।’

    कोरोनाको असर कम भएको खण्डमा दर्शक राख्न सकिने उनले बताए । ‘सुरुमा विना दर्शक नै खेलाउँछाँै । महामारी घटेको अवस्था रह्यो भने पुनः दर्शकका लागि खुल्ला गर्नेछौँ । ’

    प्रतियोगितामा अमेरिकाको बिवाइएससी मिनेसोटा, आयोजक सहारा क्लब पोखरा, एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, संकटा क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङदी क्लब, हिमालयन शेर्पा क्लब र थ्रिस्टार क्लबको सहभागिता रहनेछ ।

    प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

    प्रतियोगितामा आयोजक, एक विदेशीसहित ८ ए डिभिजन क्लबहरुको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछन् ।

    प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार आम्दानी र १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान रहेको अधिकारीले जानकारी दिए । क्लबले विगत १९ वर्षदेखि वेसहारा बालकहरुका लागि फुटबल खेल प्रशिक्षणका साथै एकेडेमी संचालनार्थ प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । एकेडेमीमा हाल १४ जिल्लाका २४ बालकहरु आश्रित रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend