पोखरा, ५ चैत – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल विजयी भएका छन । शनिवार भएको मञ्चको अधिवेशनबाट प्रतिद्वन्द्वी रन्जन अधिकारीलाई ९ मतले हराउँदै बराल अध्यक्षमा विजयी भएका हुन । ४९ मत खसेकोमा बरालले २९ मत र अधिकारीले २० मत प्राप्त गरे ।
मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल, कोषाध्यक्षमा कविता घर्तीमगर र सदस्यहरुमा दिपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।