बागलुङ, १६ बैशाख – काठेखोला गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका उमेद्वार राजु थापा बिरुद्ध परेको दावी बिरोधको उजुरी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रमण नभेटिएको भन्दै उजुरी खारेज गरेको हो ।
थापाका बिरुद्ध एमालेको तर्फबाट उमेद्वार बनेका डिलबहादुर कार्कीले बेल्जिएमको स्थायी आवासीय अनुमति पत्र (पिआर) भएको भन्दै उजुरी दिएका थिए । छानविनको क्रममा उजुरी अनुसारको कुनैपनि प्रमाण नभेटिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कार्कीले पेश गरेको दावी खारेज गरेको हो ।