१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

स्याङ्जामा महिला प्रमुखको उम्मदवारी बढ्यो


जनमञ्च संवाददाता
  • १६ बैशाख २०७९ , शुक्रबार

  • स्याङ्जामा महिला प्रमुखको उम्मदवारी बढ्यो

    स्याङ्जा/ गण्डकी प्रदेशका अन्य पालिकामा प्रमुख दलको महिला प्रमुखको उम्मदवारी घटिरहँदा स्याङ्जामा भने बढेको छ । पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक मात्र महिला प्रमुखमा उम्मेदवारी दिएकोमा अहिले एमालेले दुई र काग्रेसले एउटा पालिका प्रमुखमा उम्मेदवारी दिएको हो ।
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले पुतलीबजार नगरपाालिकामा उम्मेदवार बनाएर विजयी गराएको थियो भने यस पटक पनि क्षेत्रीलाई दोहो¥याएको छ । एमालेले गत निर्वाचनमा उपाध्यक्ष रहेकी चिनिमाया गुरुङलाई अर्जुन चौपारीको अध्यक्षमा उठाएको छ ।
    यस्तै नेपाली काग्रेसले कालीगण्डी गाउँपालिकामा माया रानालाई अध्यक्षको रुपमा अगाडि सारेको छ । ११ पालिका र ९७ वडा रहेको स्याङ्जामा पहिलो निर्वाचनमा काग्रेसले प्रमुखमा पुरुष र महिला उपप्रमुख बनाएको थियो ।
    यस्तै माओवाादी केन्द्रले भीरकोटमा रेखा बस्याल, नेपाली कांग्रेस विपीले गल्याङमा लेमकला भट्राई र स्वतन्त्र चन्द्रकला गिरीले अर्जुन चौपारीमा चुनावी दौडमा उत्रेको जिल्ला निर्वाचन कार्यालय प्रमुख गुरु प्रसाद मरासिनीले बताए ।
    पहिलो स्थानीय तहमा साना दल माओवादी केन्द्रले दुई २ राप्रपा ४ जना महिलालाई प्रमुखमा उतारेको थियो । पालिका प्रमुखमा महिलाको संख्या बढेपनि वडाध्यक्षमा भने घटेको छ ।
    गत निर्वाचनमा एमाले, माओवादी केन्द्र र राप्रपाले ५÷५ जना महिलालाई वडाध्यक्षको उम्मेदवार उठाउँदा कांग्रेस, नयाँ शक्ति र जनमोर्चाले एक÷एक जनालाई बनाएको थियो । यहाँ १८ जना महिला प्रतिपर्धी उत्रेकोमा एमालेका ३ जना उम्मेदावारले जित हात पारेका थिए ।
    बैशाख ३० गतेको निर्वाचनमा गठबन्धनबाट नेपाली काग्रेसले दुई र माओबादी केन्द्रबाट तीन जनालई उम्मेदवार बाएको छ भने एमालेले एक, मंगोल नेसनलबाट दुई, एकीकृत समाजवादीबाट एक र स्वतन्त्र एक महिला चुनावी मैदानमा छन् ।
    गत निर्वाचनमा प्रमुख ६, उपप्रमुख ४१, महिला सदस्य २९२, दलित महिला सदस्य २७४ सहित ६६८ जना महिला मैदानमा उत्रेकोमा एक प्रमुख, १० उप प्रमुख, तीन वडा अध्यक्ष, अन्य वडा सदस्य सात सहित २१५ जना विजयी भएका थिए ।
    आसन्न निर्वाचनको लागि एक हजार ५४६ जनाले उम्मेदवारी दर्ता गराएकोमा ६ जना प्रमुख, ५० जनाले उपप्रमुख, १० वडाध्यक्ष, २९ खुला सदस्य, महिला सदस्य २६५ र दलित सदस्य २३४ जना सहित ५९४ जनाले उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend