१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

विश्व बैंकले ऋण सहायता स्वरुप नेपाललाई १५ करोड अमेरिकी डलर उपलब्ध गराउने


जनमञ्च संवाददाता
  • २१ बैशाख २०७९ , बुधबार

  • विश्व बैंकले ऋण सहायता स्वरुप नेपाललाई १५ करोड अमेरिकी डलर उपलब्ध गराउने

    काठमाडौं, २१ बैशाख – विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ । नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने सम्झौता भएको हो ।

    बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव मधु कुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    कोभिड महामारी, जलवायु परिवर्तनका जोखिमहरूको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणको आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पु¥याउने अर्थ सचिव मरासिनीले बताए । सम्झौता पत्रमा कोभिड १९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रहरुको परिस्थिति पर्यवेक्षणलाई यो सहायताले सघाउने उल्लेख गरिएको छ ।

    त्यसैगरी यसले पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरु खोल्न र नवीनतम वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न पनि मद्दत गर्ने अर्थ सचिव मरासिनीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend