९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दुर्गमको स्वास्थ्य चौकीलाई सहयोग


जनमञ्च संवाददाता
  • २२ बैशाख २०७९ , बिहिबार

  • दुर्गमको स्वास्थ्य चौकीलाई सहयोग

    म्याग्दी, २२ बैशाख– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर १ गुर्जाको स्वास्थ्य चौकीलाई चौध लाखभन्दा बढी मूल्य बराबरको औषधि र उपकरण प्राप्त भएको छ ।
    दक्षिण कोरियाको द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई चौध लाख ८४ हजार ४ सय मूल्य बराबरको औषधि र उपकरण सहयोग गरेका हुन् । एक थान अक्सिजन कन्सनट्रेटर, इएनटी मेडिसिन, फोरकेप सेट र औषधि स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो ।
    संस्थाका प्रतिनिधि लिमजङ हि र छोमजङ हिले वडाध्यक्ष झकबहादुर छन्त्याललाई सामग्री र औषधि हस्तान्तरण गरेका थिए । यसैगरी संस्थाले वडा कार्यालयसँग समन्वय गरेर आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित भएका छन् ।
    चिकित्सक लोकेन्द्र छन्त्याल, स्वास्थ्यचौकीका सागर रोका, सुस्मिता छन्त्याल, रिमा शर्मालगायत स्वास्थ्यकर्मी र कर्मचारीले सेवा दिएका थिए । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निशुल्क औषधि वितरण गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend