बागलुङ, २४ बैशाख– नेपाली काँग्रेस बागलुङले जिल्लाका विभीन्न स्थानमा स्वतन्त्र तथा बागी उमेदवार दिएका कार्यकर्तालाई आधिकारीक उमेदवारको पक्षमा उभिन आग्रह गरेको छ ।
निर्वाचनको मिति नजिकीदै गर्दा जिल्लाका बिभिन्न स्थानमा पार्टीका कार्यकर्ताले स्वतन्त्र वा बागीको रुपमा दिएको उमेदवारी फिर्ता लिन नेपाली काँग्रेसको जिल्ला समितिले आग्रह गरेको हो ।
आफ्नो उमेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारको पक्षमा उभिन आग्रह गर्दै काँग्रेस जिल्ला समितिले यदि गठवन्धनको मर्म बिपरित गएमा पार्टीबाट निस्काशन गर्ने चेतवानी दिएको छ ।
नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीतबहादुर शेरचनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो स्वतन्त्र वा बागी उमेदवारी फिर्ता गरेर पाँच दलीय गठबन्धनको आधिकारीक उम्मेदवारलाई सघाउन आग्रह गरेका छन् ।
तोकिएको समय भित्रउम्मेदवारी फिर्ता नलिएमा त्यस्ता स्वतन्त्र तथा बागी उम्मेदवारको प्रस्तावक, समर्थक र सहयोगी समेतको पार्टी सदस्य नेपाली काँग्रेसको विधान २०१७ संशोधन सहित धारा ४९१३० ग बमोजिम स्वतः समाप्त भई पार्टीबाट निश्कासित हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।