काठमाडौं, १५ जेठ – सरकारले राष्ट्र सेवक कर्मचारीहरुको तलब वृद्धि गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिए। यो आगामी आर्थिक वर्ष साउनदेखि लागू हुनेछ। उनले महँगी भत्तालाई समेत निरन्तरता दिएको जानकारी दिए।
सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने
सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।
सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।