९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धौलागिरी अस्पतालमा सिटिस्क्यान खरिदका लागि १० करोड बजेट


जनमञ्च संवाददाता
  • ३ असार २०७९ , शुक्रबार

  • धौलागिरी अस्पतालमा सिटिस्क्यान खरिदका लागि १० करोड बजेट

    बागलुङ, ३ असार– गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बगालुङमा सिटिस्क्यान सेवा प्रदान गर्नका लागि बजेट व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशसभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गर्दे धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि १० करोड बजेट बिनियोजन गरेको जानकारी गराएका हुन् ।
    बरालले धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि उपकरण खरिदका लागि उक्त बजेट व्यवस्थापन गरिएको बताए । गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई गण्डकी उप–प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गर्दै प्राथमिकताका साथ स्वस्थ्य सेवाको गुणस्तर थप गर्दै आएको छ ।
    अस्पताललाई हाल २ सय शैयाको अस्पताल बनाउनका लागि प्रदेशले उपकरण र पूर्वाधारमा सहयोग गर्दै आएको छ । अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि समेत गण्डकी प्रदेश र संघीय सरकारले सहयोग गरेको थियो ।
    अस्पतालमा सिटि स्क्यान सेवा भएमा ब्रेन स्टोकका बिरामी, दुर्घटनामा टाउकोमा चोटपटक लागेकालाई तत्कालै सिटिस्क्यान गरेर प्रभावकारी उपचार गर्न सकिने धौलागिरी अस्पताल बागलुङका प्रमुख सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend