१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रममा के छन् प्राथमिकतामा ?


जनमञ्च संवाददाता
  • ९ असार २०७९ , बिहिबार

  • बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रममा के छन् प्राथमिकतामा ?
    ???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    बागलुङ, ९ असार– बागलुङ नगरपालिकाले किसानका लागि आवश्यक मल, बिउ तथा कृषिजन्य उत्पादनको ढुवानीका लागि ‘बागलुङ नगर कृषि गाडी’ सञ्चालनमा ल्याउने भएको छ । स्थानीय सहकारीहरुसँगको सहकार्यमा कृषि गाडी सञ्चालनमा ल्याईने भएको हो ।

    कृषि व्यावसायलाई प्रवर्धन गर्न नगरपालिकाको ५० प्रतिशत अनुदान तथा कृषि समुह र सहकारीको ५० प्रतिशत लागत सहभागितामा कृषि सञ्चालनको नीति ल्याईएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाले आवश्यकताका आधारमा कृषि समुह वा सहकारीहरुसँग प्रस्ताव माग गरेर कृषि गाडी खरिदका लागि अनुदानको व्यवस्था गर्ने उनले बताए । गाडीको व्यवस्थापन तथा सञ्चालन भने कृषि समुह वा सहकारीहरुले गर्नेछन् ।

    बागलुङ नगरपालिकाको ११ औं नगरसभामा आगामी आर्थिक बर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रेष्ठले कृषि उत्पादनमा प्रोत्साहन, बजारीकरणमा सहयोग र किसानलाई अनुदानका कार्यक्रम ल्याउने बताए ।

    जैविक खेती प्रणालीलाई प्रवर्धन गर्न प्रत्येक पकेट क्षेत्रमा आईपिएम पाठशाला संचालन गर्ने नीति नगरपालिकाले बनाएको छ । रासायनिक मल तथा विषादी प्रयोग नभएका कृषि क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रलाई अर्गानिक कृषि क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले विशेष कार्यक्रम संचालन गर्ने जनाएको छ ।
    कृषि उत्पादनको अधिक सम्भावना रहेका वडा नंं. ३ देखि १४ मा प्रतिवडा २÷२ जनाका दरले अगुवा कृषक छनौट गरी उनीहरुलाई कृषि ज्ञान, सीप, प्रविधिमा दक्ष बनाई नगर कृषक अभियन्ता को रुपमा परिचालन गरिने श्रेष्ठले बताए ।

    बाँदर नियन्त्रणका लागि नगरपालिकाले ‘फुड फरेष्ट’ कार्यक्रम अघि सारेको छ । सामुदायिक बन विकास कार्यक्रमलाई उत्पादन र रोजगारीसंग जोड्न सहयोग गर्ने कृषि बालीमा हानी पु¥याउने बाँदर लगायतका जीवजन्तुलाई प्राकृतिक रुपमा नियन्त्रण गर्न ‘फुड फरेष्ट’ कार्यक्रममार्फत बा“दर प्रभावित क्षेत्रहरुमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, केरा खेती, मौरीपालन र पशुपालनलाई प्रवद्र्धन गरिने श्रेष्ठले उल्लेख गरे ।

    ‘जग्गाधनी र कृषकलाई जोडौ, जमिन बाझो नछोडौं’ भन्ने अभियानका साथ जग्गाधनी र कृषक बीच समन्वय गराई नगर क्षेत्रभित्रका सबै वाझो जमिनमा खेती गर्ने नीति नगरले ल्याएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend