११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

वामदेव गौतमको नयाँ राजनीतिक दल ‘नेकपा एकता राष्ट्रिय अभियान’


जनमञ्च संवाददाता
  • १५ असार २०७९ , बुधबार

  • वामदेव गौतमको नयाँ राजनीतिक दल ‘नेकपा एकता राष्ट्रिय अभियान’

    काठमाडौं, १५ असार– नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान नामक नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।
    नयाँ पार्टी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गौतमले नेकपा विभाजित पश्चात् आफु नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा लागेको उल्लेख गर्दै त्यसैको थप प्रयासका लागि नेकपा एकता राष्ट्रिय अभियान नामक नयाँ दल घोषणा गरेको बताए ।
    उनले दलको संयोजकमा आफु रहने गरि ६८ जना केन्द्रिय सदस्यको नाम पनि घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्यमा उनकी पत्नी तुलसी थापा र छोरा हरिषदेव गौतम पनि अटाएका छन् ।
    गौतमले आफूमाथि पदलोलुप र परिवारवादको आरोप लागेको भन्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरे । आफू ७ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा समाहित भएको भन्दै उनले ७३ वर्ष हुँदा पनि कम्युनिस्ट आन्दोलनको विकासकै लागि लागेकाले पदलोलुपताको आरोप लगाइनु गलत भएको बताए ।
    उनकी पत्नी थापा नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य समेत हुन् । उनी अहिले नेकपा एमाले छाडेर एकता अभियानमा लागेकी हुन् । नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend