११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

चुनावमा भएका अन्तरघातको छानबिनका लागि एमालेले बनायो समिति


जनमञ्च संवाददाता
  • १९ असार २०७९ , आइतबार

  • चुनावमा भएका अन्तरघातको छानबिनका लागि एमालेले बनायो समिति

    काठमाडौं, १९ असार– नेकपा एमाले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।
    पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।
    आज बसेको पार्टी सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको बताए ।
    ‘तर, आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा आएन । अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भए । त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने ।
    असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ । जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन भनिएको छ ।
    निर्वाचनका क्रममा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गुरुङले जानकारी दिए । यो समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend