११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

आज कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै


जनमञ्च संवाददाता
  • २७ असार २०७९ , सोमबार

  • आज कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

    काठमाडौं, २७ असार– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको पहिलो पटक हो ।
    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छ । शरणले भने, ‘साथीहरुले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौं ।’
    आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताए ।
    कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend