११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

जसपाभित्र विभाजनको प्रक्रिया सुरू


जनमञ्च संवाददाता
  • २८ असार २०७९ , मंगलबार

  • जसपाभित्र विभाजनको प्रक्रिया सुरू

    काठमाडौं, २८ असार– जनता समाजवादी पार्टीमा विभाजनको प्रक्रिया सुरू भएको छ । अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बेग्लाबेग्लै बैठक बोलाएका छन् ।
    बाबुरामले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरू हुँदैछ । उपेन्द्र पक्षले भने आजै वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समिति बैठक राख्दैछन् । वीरगञ्जमा बुधबार र बिहीबार उपेन्द्र पक्षले पनि केन्द्रीय समितिको बैठक राख्ने भएका छन् ।
    केही समयदेखि बाबुराम र उपेन्द्रबीच सम्बन्ध बिग्रेको छ । उपेन्द्रले विधानअनुसार काम नगरेको र एकलौटी ढंगले अघि बढेको बाबुराम पक्षको आरोप छ । बाबुरामनिकट एक नेता डम्बर खतिवडाका अनुसार जसपा अब विभाजनको प्रक्रियामा पुगेको छ । ‘अब प्रक्रियागत रूपमा पार्टी विभाजनको बाटोमा गयो,’ खतिवडाले भने ।
    उपेन्द्रनिकट नेता प्रकाश अधिकारीले भने काठमाडौंमा बाबुराम पक्षले गर्ने बैठक आधिकारिक नभएको भन्दै विज्ञप्ति निकालेका छन् । पार्टीविरूद्ध षड्यन्त्र भइरहेको उनले बताए । उपेन्द्रनिकट एक नेताका अनुसार आज वीरगञ्जमा बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठकमा बाबुरामले बोलाएको भेलाबारे पनि कुराकानी हुनेछ ।
    ‘हाम्रो बैठकमा बाबुराम भट्टराईका गतिविधि छलफलको विषय बन्छ,’ ती नेताले भने । केही समयअघि बाबुराम र उपेन्द्रबीच सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति बनेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend