९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मृगौला पीडितद्वारा सहयोगको याचना


जनमञ्च संवाददाता
  • ९ साउन २०७९ , सोमबार

  • मृगौला पीडितद्वारा सहयोगको याचना

    बागलुङ, ९ साउन– दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराईरहेका काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक अभाव भएको छ । कमजोर आर्थिक अवस्था रहेको किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेको हो ।
    पाँच महिनादेखि दुवै मिर्गौला फेल भएर काठमाडाँैका शिक्षण अस्पतालमा उपचाररत किसानको उपचारमा परिवारको सात लाख खर्च भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर भएको र ज्याला मजदुरी गरेर जीवन चलाउँदै आएका थिए ।
    उहाँको दुवै मिर्गौलाले काम नगरेको र डाइलासिस गरिरहे पनि अहिले प्रत्यारोपण गर्न आवश्यक देखिएको परिवारका सदस्य गमबहादुरका दाजु हेमराज किसानले बताए । ‘घरको जायजेथाअनुसार उपचार गरिरहेका थियौँ, मिर्गौला फेर्न आवश्यक देखियो, जसका लागि आर्थिक संकट भयो, हेमराजले भने, ‘उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेका छौँ ।’
    बागलुङ बजारको एक ग्रिल उद्योगमा कार्यरत किसान काम गर्दागर्दै बेहोस भएर ढलेपछि मात्रै मिर्गौला फेल भएको पत्ता लागेको थियो । उपचारका लागि पोखरा चार हप्ता राखेपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो । नको अहिले नियमित डायलासिस भइरहे पनि जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न आवश्यक देखिएको छ ।
    उहाँको उपचारमा अझै सातदेखि आठ लाख खर्च लाग्ने देखिएपछि आर्थिक अवस्था कमजोर भएको गमबहादुरको परिवारले सहयोगको याचना गरेको हो । आर्थिक रूपमा कमजोर परिवारमा दुवै मिर्गौला फेल भएपछि कहीँकतैबाट आर्थिक रकम जुटेमा गमबहादुर किसानले नयाँ जीवन पाउनेमा उनको परिवार आशावादी रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend