२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

अमेरिकामा एक करोड ४० लाखभन्दा बढी बालबालिकालाई कोभिड संक्रमण


जनमञ्च संवाददाता
  • १० साउन २०७९ , मंगलबार

  • अमेरिकामा एक करोड ४० लाखभन्दा बढी बालबालिकालाई कोभिड संक्रमण

    काठमाडौं, १० साउन– अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना संक्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको बताइएको छ ।
    उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको संक्रमण भएको पाइएको छ । यहाँ सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको संक्रमण भएको देखिएको एएपीले जनाएको छ ।
    यहाँ उमेर समूहअनुसार कसलाई कुन रुपमा कोभिडको संक्रमण भयो र के कस्तो असर ग¥यो भन्ने विषयको अनुसन्धान आवश्यक रहेको देखिएको बताइएको छ । सो सम्बन्धी अनुसन्धानबाट बालबालिकामा देखिएको कोभिडको असरका साथै मानसिक तथा अन्य असर पत्ता लगाउनुपर्नेमा पनि सो संस्थाले जोड दिएको छ । कोभिडको संक्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । यसको असर यहाँ बालबालिकामा पनि परेको स्वस्थ्य अधिकारीहरुको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend