११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

‘हनिमुन डे’ मा यी हुन् बागलुङ नगरपालिकाका उपलब्धी


जनमञ्च संवाददाता
  • १३ भाद्र २०७९ , सोमबार

  • ‘हनिमुन डे’ मा यी हुन् बागलुङ नगरपालिकाका उपलब्धी

    बागलुङ, १३ भदौ– बागलुङ नगरपालिकाले आफुले एक सय दिनमा गरेका कामका उपलव्धी सार्वजनिक गरेको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरेर नगरपालिकाले पहिलो एक सय दिनका कार्यउपलव्धी सार्वजनिक गरेको हो ।
    एक सय दिन कार्यअवधिमा सबैभन्दा धेरै काम पारदर्शिता र सुशासन प्रबद्र्धनका काम गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाका निर्णयहरु कानूनबमोजिम बेवसाइटडमार्फत सार्वजनिक गर्नुलाई नगरपालिकाले पहिलो परादर्शी काम भनेको छ । एक सय दिनको अवधिमा ८ पटक कार्यपालिका बैठक बसेको र ६४ वटा महत्वपूर्ण निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
    नगरपालिकाले संघीय सरकारका योजना समयमा काम थाल्न गरेको पहलदेखि उपभोक्ता समितिले गरेका मेलाहरुलाई समेत नगरको महत्वपूर्ण कामको रुपमा लिएको छ । सेवा प्रवाह शिविर सञ्चालन, वडा तहबाटै योजना अनुगमन समेतलाई महत्वपूर्ण उपलव्धीको रुपमा लिईएको छ ।
    नगरले नगरप्रमुखसंग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसंग शाखा प्रमुखहरुले उपलब्धी सूचकसहितको कार्यसम्पादन सम्झौता गरी कार्य सम्पादन गर्ने पद्धतिको शुरुवात गरिएको जनाएको छ । योजनाहरुको रातो किताब अघिल्लो आर्थिक वर्षमा नै तयार गरेर योजना कार्यान्वयनमा लाग्नु आफ्नो कार्यकालको पहिलो एक सय दिनको मत्वपूर्ण उपलव्धी भएको श्रेष्ठले बताए ।
    स्वीकृत योजना समयमै कार्यान्वयन गरी नतिजा हाँसिल गर्ने उद्देश्यले २०७९ मंसिर मसान्तभित्र योजना तथा कार्यक्रम सम्झौता हुने गरी स्वीकृत बजेटमा नै नीतिगत व्यवस्था गरिएको नगरले जनाएको छ । ३२ बुँदामा समेटिएको कार्यउपलव्धीहरुमध्ये अधिकांश काम संघीय तथा प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा पहल तथा समन्वय गरेका बिषय समेटिएका छन् । नगरले यो बीचमा २ वटा निर्देशिका, २ वटा कार्यविधि गरी जम्मा ४ वटा कानुन निर्माण गरेको जनाएको छ ।
    नगरप्रमुख श्रेष्ठले पदभार ग्रहणका बेला घोषणा गरेको बालमैत्री नगर घोषणा कार्यक्रम कार्यान्वयनका लागि भएका प्रयासलाई पनि उपलव्धी भनेको छ । अमलाचौर लिङ्खटिङ खानेपानी योजनाको सेवा क्षेत्र वडा नं. ८, ९, १० र ११ समेतमा विस्तार गरी तत्काल कार्यान्वयनमा लैजान खानेपानी तथा ढल व्यवस्थापन विभागसंग अनुरोध गरेको बिषय उपलव्धीमा समावेश छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend