१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

एमालेका प्रदेश तर्फका उमेदवार सिफारिस


जनमञ्च संवाददाता
  • १९ भाद्र २०७९ , आइतबार

  • एमालेका प्रदेश तर्फका उमेदवार सिफारिस

    बागलुङ, १९ भदौ– नेकपा एमाले बागलुङले आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश तर्फको उमेदवारको नाम सिफारिस गरेको छ ।
    मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा तर्फको लागि उमेदवार सिफारिस गर्न बसेको नेकपा एमालेको बैठकले प्रदेशसभा तर्फको उमेदवारको नाम सिफारिस गरेको हो ।
    प्रदेशसभा क्षेत्र नम्वर १ ‘क’ तर्फ ४ जना र ‘ख’ तर्फ ४ जनाको नाम सिफारिस गरेको एमाले बागलुङका उपसचिव गणेशबहादुर थापा मगरले जानकारी दिए । बैठकले प्रदेशसभा क्षेत्र नम्वर १ ‘क’ तर्फ जिल्ला अध्यक्ष हिराबहादुर केसी, प्रदेश कमिटिका सदस्य हरिनारायण गौतम, रामबहादुर जिसी र उपसचिव गणेशबहादुर थापा मगरको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।
    त्यसैगरी, प्रदेशसभा क्षेत्र नम्वर १ ‘ख’ तर्फ नवराज पौडेल, धनबहादुर परियार, पदम गिरी र रुपा खनालको नाम सिफारिस गरेको थापाले बताए । प्रतिनिधी सभा र समानुपातिक तर्फको उमेदवार छनौटका लागि भदौ १९ गते बैठक बस्ने थापाले जानकारी दिए ।

    प्रतिनिधिसभा र प्रदेशसभाका लागि काँग्रेसबाट २० जनाको नाम सिफारिस
    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेसले प्रतिनिधी सभा र प्रदेश सभाका लागि क्षेत्र नम्वर १ तर्फको उम्मेदवारको नाम सिफारिस गरेको ।
    नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्वर १ तर्फ १० जनाको नाम सिफारिस गरेको छ भने प्रदेशसभा क्षेत्र नम्वर १ ‘क’ तर्फ १६ जनाको नाम सिफारिस गरेको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।
    प्रतिनिधीसभातर्फ डिल्लीराम सुवेदी, भिम श्रीस, किरण पौडेल, मणिभद्र शर्मा कँडेल, चम्पादेवी खड्का, प्रकाश पौडेल, जगदिशचन्द्र उपाध्याय, दिपेन्द्रबहादुर थापा, चिरञ्जीवि गौतम र लक्ष्मीदेवी जिसी कार्कीको नाम सिफारिस गरिएको छ ।
    त्यसैगरी क्षेत्र नम्वर २ प्रतिनिधीसभातर्फ नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरवबहादुर देउवा पत्नी डा. आरजु राणासहित १० जनाको नाम सिफारिस गरिएको छ । उमेदवार सिफारिस हुनेमा जिल्ला सभापति जितबहादुर शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवी प्रकाश भट्टचन, दोर्णकुमार कुवँर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिहबहादुर राना रहेका छन् ।
    समानुपातिकतर्फ तारानाथ पौडेल, तुलासिँह घर्ती, देविप्रकाश भट्टचन र रेणुका काउचा मगरलाई सिफारिस गरेको क्षेत्रीय सभापति जोगलाल बुढा मगरले जानकारी दिए । काँग्रेसले बागलुङ क्षेत्र नम्वर १ प्रदेशसभा ‘क’ तर्फ प्रत्यक्ष र समानुपातिक गरि १६ जनाको नाम सिफारिस गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend