११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बागलुङ क्षेत्र नं. १ मा एमालेका २ पुराना र ४ नयाँ अनुहार


जनमञ्च संवाददाता
  • १९ भाद्र २०७९ , आइतबार

  • बागलुङ क्षेत्र नं. १ मा एमालेका २ पुराना र ४ नयाँ अनुहार

    बागलुङ, १९ भदौ– नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ बाट ६ जनालाई संभावित उमेदवारको रुपमा सिफारिस गरेको छ ।
    पार्टीले माथिल्लो तहमा सिफारिस गरेपछि उनीहरु मध्येबाट संसद पदका लागि टिकट ल्याउने प्रावधान छ । आइतबारको बैठकले मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई छनौट गरेको हो । केसी र पाठक बहालवाला सांसद हुन् भने केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद थिए । गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन् ।
    राना पनि गण्डकी प्रदेशसभा सदस्य हुन् । उनी समेत समानुपातिक सांसद भएकोले यो पटक दोहोरिन नपाउने सूचिमा छिन् । सापकोटा पार्टी केन्द्रिय सदस्य तथा प्रदेश सभाका सदस्य हुन् । उनी अघिल्लो पटक प्रत्यक्ष निर्वाचित थिए । एमालेले यस अघि प्रदेश सभाका लागि भने उमेदवार सिफारिस गरिसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend