बागलुङ, २१ भदौ– नेकपा माओबादी केन्द्रले बागलुङ क्षेत्र नम्वर २ को प्रतिनिधीसभा तर्फ केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस गरेको छ ।
केन्द्रिय अध्यक्ष प्रचण्डसँगै क्षेत्र नम्वर २ बाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं वर्तमान सांसद देवेन्द्र पौडेल, गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्दबहादुर बुढा सागर र कृष्ण केसीको नाम सिफारिस गरिएको हो ।
माओबादी केन्द्रले सोमबार दुवै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको नेकपा माओबादी केन्द्र बागलुङका इन्चार्ज बलावती शर्माले जानकारी दिइन् । शिक्षा मन्त्री पौडेल र केसीलाई क्षेत्र नम्वर १ बाट पनि सिफारिस गरिएको छ ।
माओबादीले संघका लागि समानुपातिक तर्फ क्षेत्र नम्वर १ बाट बलावती शर्मा र मोहम्मद अजिजको नाम सिफारिस गरेको छ भने क्षेत्र नंम्वर २ बाट निलबहादुर पुन, निरमायाँ श्रीष, केशरी घर्ति मगर र ललित श्रीषको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज शर्माले जानकारी दिइन ।
माओबादी केन्द्रले क्षेत्र नम्वर १ (क) मा प्रत्यक्ष तर्फ यज्ञबल्लब शर्मा र चक्रपाणी कंडेल, समानुपाति तर्फ कुशुम बुढा, गगन बहादुर पुन र लक्ष्मीदेवी रोकाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्वर १ प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ कुलचन्द्र शर्माको मात्र नाम सिफारिस गरेको छ ।
समानुपातीकतर्फ मेघनाथ शर्मा, चिनिमायाँ काला मगर, टिकाकुमारी विश्वकर्मा र क्या. पदमबहादु श्रीष रानाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्वर २ को प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ दिलमायाँ रोका, ज्ञामनाथ गैरे, राजिव घिमिरे, नरेश केसी र अर्जुन चोखालको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ भविकला रोका मगर, गंगाबहादुर भुजेल, दिलकुमारी पुन, मेखबहादुर विक र छमकुमारी बस्नेतको नाम सिफारिस गरिएको छ ।
क्षेत्रको प्रदेश सभा (ख) मा प्रत्यक्षमा चन्द्रलाल अर्याल र दिलमायाँ रोकाको नाम सुझाव सहित सिफारिस भएको शर्माले जानकारी दिइन् । समानुपातिक तर्फ प्रेम बहादुर रोका र कमला पुनको नाम पठाइएको छ । प्रदेश क्षेत्र र संघिय क्षेत्रबाट आएको सुझाव सहितको उम्मेदवारको नाम गण्डकी प्रदेश कमिटिमा पठाईएको माओबादी केन्द्र बागलुङले जनाएको छ ।