९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु


जनमञ्च संवाददाता
  • २० असोज २०७९ , बिहिबार

  • भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु

    काठमाडौं, २० असोज – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा–खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।

    गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो ।

    बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भनेअनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप (रुखा–खोकीको औषधि) उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ ।

    बुधबारको मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ, जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बच्चाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’

    डब्ल्यूएचओले अगाडि भनेको छ, ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ । डब्ल्यूएचओले यसको जाँच गरिरहेको छ । यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको छ । तर अन्य देशहरुमा पनि वितरण भएको हुनसक्छ ।’

    डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ । डब्ल्यूएचओका अनुसार ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend