९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

घरदैलो अभियानमा एमाले बागलुङका उमेद्वार


जनमञ्च संवाददाता
  • १ कार्तिक २०७९ , मंगलबार

  • घरदैलो अभियानमा एमाले बागलुङका उमेद्वार

    बागलुङ, १ कात्तिक– आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बागलुङमा नेकपा एमालेका उमेद्वारहरुले बिभिन्न संगठनसँग भेटघाट तथा घरदैलो अभियान सुरु गरेका छन् ।
    बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा तथा क्षेत्र नं. १ को ‘ख’ प्रदेशसभाका उमेद्वारहरुले सोमबार बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा घरदैलो गरेका छन् । क्षेत्र नं. १ ‘क’ प्रदेशसभामा भने सोमबार बागलुङ नगर कमिटी र काठेखोला गाउँ कमिटीको बैठक तथा योजना निर्माण सम्पन्न भएको छ ।
    बलेवामा घरदैलो गर्दै प्रतिनिधिसभाका उमेद्वार डा. सूर्य पाठकले सडक पूर्वाधार विकासमा एमाले सरकारले बागलुङ क्षेत्र नं. १ लाई विशेष प्राथमिकता दिएको बताए । बागलुङ कुश्मीशेरा सडकको २१ किलोमिटर सडकमध्ये १९ किलोमिटर सडक कालोपत्रे गनेदेखि बलेवा बिमानस्थलको कालोपत्रेको काम एमाले सरकारका पालामा भएका महत्वपूर्ण काम भएको बताए ।
    प्रदेशसभा ‘ख’का उमेद्वार नवराज पौडेलले बागलुङबाट ४ जना एमाले नेता सामानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य हुने पक्का भैसकेको भन्दै अब प्रत्यक्षतर्फ जीत हासिल गर्ने एमालेकै पालो भएको बताए ।
    बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ अन्र्तगत बागलुङ नगर कमिटी र काठेखोला गाउँ कमिटीले पालिका कमिटीका बैठक बसेर योजना निर्माण गरेको बताईएको छ । उमेद्वार हिरा केसीसहित एमाले नेताहरु सहभागि बैठकले एमाले उमेद्वारको जीतका लागि आवश्यक तयारी गर्नेगरी बैठकले निर्णय गरेको छ ।
    बागलुङ क्षेत्र नं. २ मा एमाले उमेद्वार मञ्जु शर्मा चालिसेले निसीखोला गाउँपालिकाको भलकोटबाट घरदैलो अभियान थालेकी छन् । उनीसँगै क्षेत्र नं. २ प्रदेसभा ‘ख’का उमेद्वार लक्ष्मण पुन घरदैलोमा पुगेका हुन् । घरदैलो गर्दै चालिसेले जिल्लाभरमै एकमात्रै महिला उमेद्वार आँफु भएकाले जिल्लाकै नेतृत्व गर्ने अबसर दिन आग्रह गरिन् । उनले क्षेत्र नं. २ मा समुदायको माग अनुसारका उमेद्वार एमालेले पठाएको भन्दै सम्बन्धित क्षेत्रकै उमेद्वारलाई जीत्ने हक लाग्ने बताईन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend