९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कार्यक्रम धेरै, घटेन मातृ मृत्युदर


जनमञ्च संवाददाता
  • ६ कार्तिक २०७९ , आइतबार

  • कार्यक्रम धेरै, घटेन मातृ मृत्युदर

    बागलुङ, ६ कात्तिक– आमा र शिशुको मृत्युदर घटाउन धेरै कार्यक्रम संचालित भएपनि सुरक्षित मातृत्वको लक्ष्य भने पुरा हुन सकेको छैन । पछिल्ला तीन बर्षको तथ्यांक हेर्दा यो अवस्था देखिएको हो । मानव विकासका सूचांक राम्रो देखिएपनि गण्डकी प्रदेशमै मातृ मृत्युदर समस्या छ ।
    आर्थिक बर्ष २०७६÷०७७ मा राष्ट्रिय रुपमा १ सय ३७ आमाको मृत्यु भएकोमा सोही बर्ष गण्डकी प्रदेशमा ९ जनाको मात्र मृत्यु भएको थियो । आर्थिक बर्ष २०७७÷०७८ मा पुग्दा देशभरको संख्या घटेर १ सय ८ मा झर्दा गण्डकीमा १३ पुग्यो । गत आर्थिक बर्षमा भने देशभरको संख्या घटेर ८४ मा पुग्दा गण्डकीको मात्रै २१ पुगेको हो ।
    यो अवस्थालाई आमा सुरक्षाको दृष्टीले गम्भिर रुपमा लिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । आमा र शिशु मृत्युदर घटाउन सचेतनाका कार्यक्रममा लगानी बढाउनु पर्ने जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माको भनाई छ । ‘समाजमा आमा र शिशुको सुरक्षाको अवस्था अझैपनि जटिल छ, लगातारको प्रयासले संस्थागत प्रसुती भने बढेको छ’ शर्माले भनिन् ।
    नियमित गर्भ परीक्षण शतप्रतिशतमा लैजान सकेमा मृत्युदर घट्ने स्वास्थ्यकर्मीको तर्क छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार गण्डकीमा सुरक्षित मातृत्वका सुचकांक कमजोर छ । उनले आकस्मिक हवाइ उद्दार सेवालाई संस्थागन गर्न नसक्दा पनि मातृ मृत्यु बढेको बताए ।
    ‘विस्तृत स्थलगत अनुगमन गर्न सकिएको छैन, कतिपय घटना पत्रपत्रिकामा आएपछि मात्रै थाहा भएका छन्’ खड्काले भने, ‘तत्काल प्रजनन स्वास्थ्य टोली गठन गरी परिचालन गरेर यस्ता समस्या व्यवस्थापनमा ध्यान दिन्छौं ।’ पालिकाले सही तथ्यांकमा साथ दिनुपर्ने र मन्त्रालय सम्म सबैको चासो बढाउनु पर्ने उनको सुझाव छ ।
    गर्भवती भएदेखि सुत्केरी भएको ४२ दिन सम्मको मृत्युलाई मातृ मृत्युदरमा सूचिकृत गरिएको जनस्वास्थ्य निरिक्षक शर्माले बताइन् । उनका अनुसार समुदायमा हुने प्रसुतीपछि आउने समस्याले पनि मातृ मृत्युदर बढी देखिन्छ । गत बर्ष मृत्यु भएका २१ आमामध्ये १३ जना समुदायमा सुत्केरी भएका थिए ।
    ‘स्वास्थ्य र घरपरिवारबाट मानसिक समस्या थपिएमा वा अन्य कारणले मृत्युवरण गर्छन्’ उनले भनिन्, ‘संस्थागत सुत्केरी गराउने, सुत्केरीअघि सुरक्षित रुपमा स्वास्थ्य संस्था नजिकै बस्न पाउने र उचित स्याहार पाउने अवस्था भएमा मृत्युदर घटाउन सकिन्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend