९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

संबिधान बनाउन जनताको रगत बगेको छ : पौडेल


जनमञ्च संवाददाता
  • ७ कार्तिक २०७९ , सोमबार

  • संबिधान बनाउन जनताको रगत बगेको छ : पौडेल

    बागलुङ, ७ कात्तिक– बागलुङ क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उमेद्वार तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको संविधान २०७२ तयार हुँदा धेरै जनातको रगत बगेको बताएका छन् । बलिदानीबाट बनेको संबिधानमाथी पटक पटक प्रहारको प्रयास भएको भन्दै पौडेलले जनताले रगत बगाएर बनाएको संबिधानमाथी कसैको आँखा लाग्न नहुने बताए ।
    बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनताको बलिदान भएको बताए । ‘शान्ति प्रक्रियामा होस् या, शान्ति प्रक्रियापछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकतान्त्रिक पक्षधर एक ढिक्का भएका हौ’ सत्ता गठबन्धनको बचाउ गर्दै पौडेलले भने ‘यो गठबन्धनलाई टुट्याउन षड्यन्त्रकारी लागि परिरहेका छन् ।’
    यसअघिकोे सरकारले विदेशी कुटनीतिक क्षेत्र बिगारेको भन्दै गठबन्धन सरकारले त्यसलाई सुधार गर्दै अर्थ प्रणालीलाई थप मजबुद बनाउने काममा लागि परेको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend