९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

लमजुङमा गुरुङ र कास्की २ विद्या भट्टराई निर्वाचित


जनमञ्च संवाददाता
  • ८ मंसिर २०७९ , बिहिबार

  • लमजुङमा गुरुङ र कास्की २ विद्या भट्टराई निर्वाचित

    लमजुङ, ८ मंसिर– लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका देव गुरुङलाई ३१८८ मतले पराजित गरेका हुन् ।
    पृथ्वीले ३४ हजार ९ सय ६९ मत पाउँदा गुरुङले ३१ हजार ७ सय ८९ मत पाए ।
    कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित


    कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेकी हुन् ।
    भट्टराईले १६ हजार ९ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४ सय ९५ मत ल्याउन सफल भए । कँडेलले सुरुआती मतगणनामा लगातार अग्रता बनाइरहेका थिए । तर, पछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भएकी हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९ मतसहित तेस्रो स्थानमा रहे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend