९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि


जनमञ्च संवाददाता
  • १३ मंसिर २०७९ , मंगलबार

  • समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि

    काठमाडौं, १३ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ ।
    प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २५ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख ३० हजार नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो ।
    निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ बजेसम्म एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएर दोस्रो स्थानमा छ ।
    समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र)ले १० लाख ९४ हजार ६०६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६३५ मत प्राप्त गरेको छ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५० हजार ३५०, जनता समाजवादी पार्टीले तीन लाख ५४ हजार २५२, जनमत पार्टीले २ लाख ९४ हजार ४३५, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ६३ हजार ६०९, नागरिक उन्मुक्ति पार्टीले ४५ लाख २१५ मत प्राप्त गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend