यातायात सहकारीको अध्यक्षमा सापकोटा
बागलुङ, १४ मंसिर– यातायात सहकारी संस्था लि. बागलुङको अध्यक्षमा फूलप्रसाद सापकोटा चयन भएका छन् । संस्थाको १४ औ बार्षिक साधारणसभाले सापकोटाको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हेमराज पन्त, सचिवमा चन्द्रराज रेग्मी, कोषाध्यक्षमा नारायण प्रसाद कँडेल, सदस्यहरुमा बिजय शर्मा, दयाराम चापागाई, लक्ष्मी शर्मा, तारा बिष्ट, सविता आचार्य र नारायण सापकोटा चयन भएका छन् ।
साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा बैकुण्ठप्रसाद सापकोटा, सदस्यहरुमा जमुना थापा र यमनाथ आचार्यलाई चयन गरेको छ । साधारणसभा पछिको पहिलो बैठकले ऋण उपसमितिको संयोजकमा शिव आचार्य, शिक्षा उपसमितिको संयोजकमा दयाराम चापागाई र सल्लाहकारमा बिष्णुप्रसाद अधिकारी, हरिबहादुर जिसी र जयन्द्रराज पन्तलाई चयन गरेको छ ।
साधारणसभामा संस्थापक अध्यक्ष बिष्णुप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष हरिबहादुर जिसी, सल्लाहकार जयन्द्रराज पन्त, लेख समिति संयोजक बैकुण्ठप्रसाद सापकोटा र शेयर सदस्य कृष्ण सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अध्यक्ष बुद्ध बिष्टको अध्यक्षता र प्रवन्धक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।