११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

टिमुर टिप्न जर्मन प्रविधि


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७९ , शनिबार

  • टिमुर टिप्न जर्मन प्रविधि

    म्याग्दी, १७ मंसिर– जिल्लामा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्राइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनी सिकेचर र आरा भित्राइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नासिने खतरा बढेको थियो ।
    बेनी नगरपालिकाको भूमेसिद्ध टिमुर सञ्जालमा आवद्ध किसानलाई बुधबार टिमुर टिप्ने मिल्ने सिकेचर र करौती वितरण गरिएको छ । समूहका अध्यक्ष सागर बाँनियाले आधुनिक औजारले टिमुर टिप्न र काँटछाँट गर्न किसानलाई सहज हुने बताए ।
    ४० थान सिकेचर र करौती लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालमार्फत उपलब्ध गराएको हो । इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले दश लाख मूल्य बराबरका औजार उपलब्ध गराइएको बताए ।
    ‘म्याग्दीमा टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सघाएका थियौ’ ढकालले भने, ‘अहिले ल्याएका औजार प्रभावकारी भयो भने थप ल्याउन पहल गर्छौँ ।’
    बेनी नगरपालिका वडा नम्बर ९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती भएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत सापकोटाका अनुसार हाल वार्षिक करिब ६ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुन्छ ।
    यसअघि वन डिभिजनले भूमेसिद्ध किसान समूहलाई टिमुर प्रशोधनका लागि औजार उपलब्ध गराएको थियो । म्यादीमा उत्पादित टिमुर स्वदेशसंगै विदेशमा समेत निकासी हुन्छ । टिमुर प्रतिकिलो दुई हजार पाँच सयदेखि चार हजारका दरले बिक्री हुँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend