९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धौलागिरि अस्पतालमा पाठेघर खस्ने समस्याको अपरेशन शिविर शुरु


जनमञ्च संवाददाता
  • २१ मंसिर २०७९ , बुधबार

  • धौलागिरि अस्पतालमा पाठेघर खस्ने समस्याको अपरेशन शिविर शुरु

    बागलुङ, २१ मंसिर – बुधवारदेखि धौलागिरि अस्पतालमा पाठेघर खस्ने समस्याको अपरेशन शिविर शुरु भएको छ । यो शिविरमा बागलुङ सहित छिमेकी म्याग्दी र पर्वतका समेत गरी झण्डै ३० देखि ४० जना सम्मको अपरेशन गरिने योजना रहेको अस्पतालकी बरिष्ठ नर्सिङ अधिकृत देवी भट्टराइले बताइन् । कार्यक्रममा आएकी मन्त्री अधिकारीले समन्वयमा काम गरेमा अपुग हुने बजेट व्यवस्थापनमा पनि साथ मिल्ने बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रति अपरेशन १३ हजार रुपैयाँमा अस्पतालले ७ हजार थप गरेपछि २० हजार रुपैयाँमा पाठेघरको अपरेशन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाले बताए ।

    कार्यक्रममा मन्त्रालयका सचिव डा. बिश्वबन्धु बगालेले धौलागिरि अस्पताललाई दरबन्दी अनुसारको चिकित्सक पठाएर सहज रुपमा उपचार सेवा दिने व्यवस्थापन गर्न पहल गर्ने बताए । उनले अहिले सम्म पुरानै दरबन्दीमा काम भइरहेकोले सेवा प्रभावकारी नभएको गुनासो आएको भन्दै ओएनएम सर्भे गरेर आवस्यकता अनुसारका दरबन्दी थप्ने योजना सुनाए ।

    आबस्यक उपकरण लगायतको सेवाकालागि मन्त्रालयले केही सहयोग गर्ने र केही अन्य क्षेत्रबाट सहयोग जुटाउने अभियान चलाउन अस्पताल प्रशासनलाई उनले आग्रह पनि गरे । ‘नियमित समन्वय भयो भने कतिपय सहयोगी हात भेटिन्छन्’ बगालेले भने, ‘स्थानीय तहको पनि साथ र सहयोग चाहिन्छ ।’ नीतिगत रुपमा धौलागिरि अस्पतालाई २ सय बेडको बनाउने निर्णय भएकोले छिटै काम अगाडि बढ्ने र सोही अनुसारको दरबन्दीको व्यवस्थापन पनि गर्न पहल भएको उनको भनाइ थियो ।

    धौलागिरि अस्पतालमा अहिले नियमित उपचार सेवा बाहेक मृगौलाको डायलाएसिस्, हाडजोर्नी, बाल रोग, दुरबिनबाट अपरेशन लगायतको सेवा समेत भैरहेका छन् । अस्पतालमा दैनिक सयौं बिरामी आउने र सोही अनुसार काम गर्दा कार्यरत चिकित्सक तथा नर्सिङ अधिकृत र स्टाफले चौबिसै घण्टा समेत खट्ने गरेको अस्पताल व्यवस्थापन समितिकी सदस्य लक्ष्मीजिसी कार्कीले बताइन् । अपरेशनकालागि बिशेषज्ञ डाक्टर प्रेम पंगेनी, डा. पदम ढुंगाना र डा. राजेन्द्र अधिकारी सहितको टोलीले सेवा दिएको भट्टराइले जानकारी दिइन् । यस अघि विभिन्न स्वास्थ्य संस्था र अस्पतालमै भएको स्क्रिनिङमा धेरै समस्याका बिरामी भेटिएपछि शिविर राखिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षता, शाखा अधिकृत तेजप्रसाद निउरेको संचालन र अस्पतालका मेसु डा. अमित ढुंगानाको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिविर सहित अन्य समयमा पनि स्वास्थ्य सेवा चुस्त बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend