११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

कुश्मीसेरा-करिडोर जोड्ने पहँचमार्ग कालोपत्रे गरिने


जनमञ्च संवाददाता
  • २६ मंसिर २०७९ , सोमबार

  • कुश्मीसेरा-करिडोर जोड्ने पहँचमार्ग कालोपत्रे गरिने
    {"caption":"u092cu093eu0917u0932u0941u0919u0915u094b u0924u093fu0930u0941u092au0924u093f u091au094bu0915u0926u0947u0916u093f u092eu093eu0932u093fu0915u093e u091cu093eu0928u0947 u0928u093fu0930u094du092eu093eu0923u093eu0927u0940u0928 u0938u0921u0915 u0964 u0924u0938u094du092cu093fu0930 : u092au094du0930u0915u093eu0936/u0915u093eu0928u094du0924u093fu092au0941u0930u00a0n","photographer":"","alt_text":""}

    फाइल तस्बिर
    बागलुङ, २६ मंसिर– जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्रे गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्रे गर्ने काम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो ।
    जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम सडक कालोपत्रेका लागि २ करोड विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । कुश्मीसेरादेखि जैमिनीधामसम्मको तीन किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक कालोपत्रेका लागि रकम विनियोजन गरिएको हो । तीन वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्रे गर्न लागेको हो ।
    सडकको स्तरोन्नति र एक किलोमिटर सडक कालोपत्रेका लागि यसअघि ८ करोडको लागत अनुमान गरिएको थियो । पहिला दुई वर्षमा १ करोडभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष २ करोड ७० लाख खर्च भएको थियो । कोरोना, बाढीपहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रेको काम बीचमै रोकिएको थियो । संघीय सरकारले एउटै योजनामा तीन वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताए ।
    ‘करिडोर कालोपत्रे हुने चरणमा छ, करिडोरसँग जोडिने यो सडक हामीले तत्काल कालोपत्रे गर्दा जैमिनीको लाइफलाइन बन्छ’, शर्माले भने, ‘हामीले संघ र प्रदेशसँग बजेट माग गरेका छौँ, अब पुरानो होइन् नयाँ डिपिआर गरेर बाँकी खण्डको काम कालोपत्रे गर्छौं ।’ सात मिटर चौडाइ सडक, नाली र दुई किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रेका लागि ५ करोड लागत अनुमान भएपनि अपुग हुने रकम प्रदेश र संघीय सरकारसँग माग गरिने उपप्रमुख शर्माले बताए ।
    यो सडक कालोपत्रे हुँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग पाँचदेखि सात मिनेटको दुरीमा पालिकामा मुकाम जोडिनेछ । जैमिनीका सबै आर्थिक क्रियाकलाप सञ्चालन र पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने शर्माको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend