११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

रातोढुंगामा निर्माणाधिन सवस्टेशन कहिले बन्छ ?


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७९ , मंगलबार

  • रातोढुंगामा निर्माणाधिन सवस्टेशन कहिले बन्छ ?

    म्याग्दी, २७ मंसिर– जिल्लाको मालिका गाउँपालिका वडा नं. ६ रातोढुंगामा निर्माणाधीन सबस्टेशन अझै बन्न सकेको छैन । चार वर्षअघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सबस्टेशन अझै पूरा नभएको हो ।
    सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको मालिका गाउँपालिका दुखुका ओमकार रोकाले बताए ।
    पचासी प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलनचोकदेखि रातोढुंगा जोड्ने प्रशारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले जानकारी दिए ।
    ‘६ सयमध्ये तीन ठाउँमा बाँकी खम्बा गाड्न र तार तान्न नपाउँदा आयोजनाले पूर्णता पाउन सकेको छैन्’ ढकालले भने । जग्गाका धनी र वन समूहको अवरोधले पर्वतको जलजला गाउँपालिका वडा नं. ४ मोहनचोकदेखि रातोढुंगा जोड्ने २२ किलोमिटर दूरीको प्रशारण लाइन निर्माण रोकिएको ढकालले बताए ।
    नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनीयरिङले ८ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइले प्रभावित बनेको थियो ।
    सबस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । सबस्टेशन वरपरका जग्गाधनीले बाटो बनाउन, घेराबार पर्खाल लगाउन र प्रशारण लाइनको तार तान्न अवरोध गरेको ठेकेदारले बताएका छन् । म्याग्दी प्रदेशसभा (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीले निर्माण व्यवसायी र आयोजनाका अधिकारीलाई सम्पर्क गरी सवस्टेशन निर्माणलाई पूर्णता दिन पहल थालिएको बताए ।
    सबस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मंगलामा केन्द्रिय प्रशारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend