९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

क्यान्सर पीडित विक र केसीद्वारा जीवन बचाईदिन अपिल


जनमञ्च संवाददाता
  • १ पौस २०७९ , शुक्रबार

  • क्यान्सर पीडित विक र केसीद्वारा जीवन बचाईदिन अपिल

    बागलुङ, १ पुस– क्यान्सर पीडित शेयर सदस्यको उपचारमा आर्थिक सहयोग जुटाउने उद्देश्यले आदर्श सञ्चार सहकारी संस्था बागलुङले राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ ।
    संस्थाको १६ औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको संयुक्त बैठकले क्यान्सर पीडित शेयर सदस्य श्यामलाल विकको उपचारमा सहयोग पु¥याउनका लागि सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
    ‘सहकारीमा ३३ सय जना शेयर सदस्यहरु छौ, सबै शेयर सदस्यले १ सय रुपैयाँ सहयोग गर्दा ३ लाख ३० हजार हुन्छ, हामीले शेयर सदस्यहरुलाई सक्दो सहयोगका लागि आव्हान गरेका छौं’ अध्यक्ष हुमकुमारी जिसी (अन्जु)ले भनिन् ।
    ब्लड क्यान्सरबाट पीडित विकको भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । उपचार अत्यन्तै खर्चिलो र घरको आर्थिक अवस्था कमजोर भएको हुँदा विभिन्न संघ संस्था लगायतसंग परिवारले आर्थिक सहयोगका लागि अनुरोध गरेको छ ।
    यसैगरी, वडिगाड गाउँपालिका–७ भिमगिठेकी थानकुमारी केसीको जीवन जोगाईदिन परिवारले अपिल गरेको छ । प्राणघातक रोग ब्लड क्यान्सर पीडित केसीको उपचार खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको हो । केसीको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।
    अचानक शरीरमा निलो धब्बा र त्यसको केही दिनमा मुखबाट रगत बग्ने समस्या देखापरेपछि थानकुमारीलाई परिवारले बुर्तिबाङ अस्पताल पु¥याएका थिए । मणिपाल अस्पताल पोखरामा रोग पत्ता नलागेपछि भारतको ओस्वाल अस्पतालमा पु¥याइ चेकजाँच गर्दा उनलाई रक्त क्यान्सर भएको पुष्टि भएको थियो ।
    मध्यम परिवारकी केसीको रोग पत्ता लगाउँदा नै लाखौं खर्च भैसकेकाले अबको उपचारमा परिवारको आर्थिक अवस्थाले नधान्ने भएकाले सहयोगको अपिल गर्नुपरेको केसीका छोरा दिनेश शर्माले बताए । सहयोगका लागि छोरा दिनेश शर्माको बडिगाड शाखामा रहेको प्रभु बैंकको खाता नम्बर १४२०१८२४२०६०००११ मा रकम जम्मा गरिदिन वा ९८४६८२८७५३ मा सम्पर्क गर्न सकिनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend