९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कोरोना संक्रमण दर एक प्रतिशभन्दा कम


जनमञ्च संवाददाता
  • ३ पौस २०७९ , आइतबार

  • कोरोना संक्रमण दर एक प्रतिशभन्दा कम

    काठमाडौं, ३ पुस– कोरोना संक्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । संक्रमण घट्दै गएको र खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो ।
    कोरोना भाइरसको संक्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए । अहिले संक्रमण दर एक प्रतिशतभन्दा कम रहेको छ । पुस १ गते आठ सय ४६ जनाको परीक्षण गर्दा एक जनामा पनि संक्रमण देखिएको छैन ।
    उहाँका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याइएको छैन । ‘अहिले खोपको माग नभएपछि हामीले खोप ल्याएका छैनौं’, उनले भने, ‘तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।’
    चौरसियाले खोपको माग कम भएपछि खोप नल्याइएको बताउनुभयो । ‘नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ’ चौरसियाले भने, ‘आवश्यकता अनुसार सम्झौता गरिएको खोप ल्याउँछाँै ।’ सम्झौता गरिएको मध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ ।
    सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउने थालेको आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा. चौरसियाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार ७ सय १० मात्रा खोप आइसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend