९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कांग्रेस संसदीय दलको चुनाव आज, यस्तो छ अंकगणित


जनमञ्च संवाददाता
  • ६ पौस २०७९ , बुधबार

  • कांग्रेस संसदीय दलको चुनाव आज, यस्तो छ अंकगणित

    काठमाडौं, ६ पुस– नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदै छ । बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङदम्बेले जनाएका छन् ।​
    ८९ सांसद रहेको कांग्रेसमा बहुमतका लागि ४५ सांसद चाहिन्छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी परेको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका थिए । ​
    कांग्रेस संस्थापनइतर समूहले महामन्त्री थापालाई दलको नेताको साझा उम्मेदवार बनाएसँगै संसदीय दलको नेतामा सभापति देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो । सभापति देउवाको प्रस्तावकमा नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन्भने समर्थकको रुपमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।
    संसदीय दलभित्रको अंकगणित
    शेरबहादुर देउवा समूहबाट प्रत्यक्षतर्फ २७ र समानुपातिकतर्फबाट २२ गरि अहिलेसम्म ४९ सांसद देखिएका छन् । थापाको पक्षमा अहिलेसम्म ३२ सांसद खुलेका छन् । शशांक कोइरालाले देउवालाई समर्थन गर्दा उनी निकट मानिएका दीपक गिरी थापाको पक्षमा छन् । अहिलेसम्मको अवस्था हेर्दा देउवा बहुमतमा देखिएका छन् । तर, १३ जना सांसद आफ्नो पक्षमा पार्न सके थापाको जित हुने निश्चित छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend