बागलुङ, ६ पुस– सिवाइसी सहकारी संस्था लि. बागलुङको १३ औं वार्षिक साधारणसभा क्षेत्रगत रुपमा सम्पन्न भएको छ । सहकारीको २५ वटा सदस्य सेवा केन्द्रमा साधारणसभा सम्पन्न भएको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
साधारणसभाको अन्तिम दिन सदरमुकाम बागलुङ बजारमा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले सहकारीले सहारा नभएकाहरुको सहारा दिएको भन्दै आर्थिक उन्नतीमा सहकारीहरु महत्वपूर्ण खम्बा भएको बताए ।
सहकारीले गत असार मसान्त सम्ममा २३ हजार ६ सय ५७ शेयर सदस्य रहेकोमा महिला शेयर सदस्य मात्रै १२ हजार ५ सय ७७ जना पु¥याएको छ । संस्थामा ३८ करोड ८३ लाख शेयर पूजि, १ अर्ब ४८ करोड बचत, १ अर्ब ५५ करोड लगानी र ६ करोड ६४ लाख संस्थागत पूजिसमेत गरी २ अर्ब ३ करोड ८५ लाखको कारोवार गरेको छ ।
संस्थाले सुत्केरी पोषण भत्तादेखि जेष्ठ नागरिक पेन्सन सुविधासमेत दिएको छ । औषधी उपचार सेवा, बिपत व्यवस्थापन कोष, सदस्य परिचयपत्रमा छुट कार्ड, दैनिक कारोवारको उद्घाटन, रेमिट्यान्स सेवा, ऋण म्यादी बिमा, मोवाइल बैंकीङ सेवा, एटिएम, क्युआर कोड, ट्याब्लेट बैंक, इ–टेलर लगायतको सेवा दिएको छ ।
हाल गण्डकी प्रदेशमै धेरै कर तिर्ने संस्थाको रुपमा सिवाइसीले पुरस्कार पाएको छ । आगामी असार मसान्तभित्र ३० हजार शेयर सदस्य पु¥याउने लक्षका साथ काम भैरहेको कार्यक्रममा अध्यक्ष शर्माले जानकारी दिए ।
कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, बानपा ८ का अध्यक्ष छमबहादुर कार्की, सल्लाहकार हरिकृष्ण सुवेदी, जगन्नाथ आचार्य लगायतले आफ्नो धारणा राखेका थिए । अध्यक्ष शर्माको अध्यक्षता, सचिव जयराम भारीको संचालन र सहसचिव सुवास आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।