काठमाडौं, ६ पुस– नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ । संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको मतदान केहीबेर अघि सकिएको निर्वाचन परिचालन समितिले जनाएका छन् ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन् । अबको आधा घण्टाभित्र परिणाम आउने निर्वाचन परिचालन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए ।
कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन् । दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।