२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

निसीखोलामा २३ हजार नागरिकको स्वास्थ्य बीमा गरिँदै


जनमञ्च संवाददाता
  • १२ पौस २०७९ , मंगलबार

  • निसीखोलामा २३ हजार नागरिकको स्वास्थ्य बीमा गरिँदै

    बागलुङ, १२ पुस– जिल्लाको निसीखोला गाउँपालिकाले २३ हजारभन्दा बढी नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा गरिएको प्रतिवद्वता अनुसार नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो ।
    गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले पालिकाभर रहेका २३ हजार तीन सय बढी नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन निःशुल्क स्वास्थ्य बीमा गर्न थालिएको बताए । ‘अब कसैले पनि आर्थिक अभावमा उपचार नपाई अकालमा ज्यान गुमाउनुपर्ने छैन’ घर्तिले भने ।
    नेपाल सरकारले लिएको स्वास्थ्य बीमा अभियानमा हातेमालो गर्दै दूरदराजमा रहेका नागरिकलाई अभियानमा सहभागी गराउने गाउँपालिकाको योजना छ । पौष महिना भित्र सबै नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिसक्ने गरी अभियान चलाईएको उपाध्यक्ष प्रेमबहादुर घर्तिले जानकारी दिए ।
    निशुल्क स्वास्थ्य बीमाका लागि गाउँपालिकाले यसवर्ष २ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्य बिमा अभियानबाट कोही पनि नागरिक नछुटुन भन्दै पालिकाले सबै वडामा स्वास्थ्यकर्मी तथा कर्मचारीसमेत खटाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend