९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सहकारीले बेच्यो एक वर्षमै ४४ लाखको दूध बिक्री


जनमञ्च संवाददाता
  • १५ पौस २०७९ , शुक्रबार

  • सहकारीले बेच्यो एक वर्षमै ४४ लाखको दूध बिक्री

    बागलुङ, १५ पुस– वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाखको दूध बिक्री गरेको छ ।
    बागलुङको जैमिनी नगरपालिका कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । यस वर्ष मात्रै सहकारीले दूध निर्यातबाट ४१ लाख ६२ हजार आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताए ।
    अधिकांश वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको सहकारीले व्यावसायिक पशु पालनमा जोड दिँदै आएको छ । विदेशमा हुने मेहनत आफ्नै माटोमा गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहकारी बनेको पौडेलले बताए ।
    सहकारीमा आवद्ध अधिकांश किसानले दुई वा दुईभन्दा बढी गाईबस्तु पालेका छन्भने धेरै युवाको व्यावसायिक फार्म समेत छ । ‘विदेशबाट फर्केपछि आम्दानीको स्रोत नै दूध हो’ सहकारीका सहसचिव गुरुद्वप्रसाद शर्माले भने, सहकारीमा आवद्व सदस्यले अनियवार्य दुध उत्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
    सहकारीले उत्पादन गरेको दूधमा जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले प्रोत्साहन दिँदै आएका छन् । बितेको एक वर्षमा दुवै निकायबाट १ लाख २७ हजार ६ सय ११ रुपैयाँ सहकारीले उत्पादन प्रोत्साहन पाएको शर्माले जानकारी दिए ।
    सहकारीले वार्षिक दुई सय ५० लिटर दूध उत्पादन नगर्ने शेयर सदस्यलाई जरिवाना लगाउने र धेरै उत्पादन गर्ने शेयर सदस्यलाई उत्पादनका आधारमा प्रोत्साहन दिने गरिएको छ । जैमिनीमा उत्पादित दूधको मूल्य किसानले ६५ देखि ७५ रुपैयाँ प्रतिलिटर पाउने सहकारीले जनाएको छ ।
    ‘बजार टाढा हुँदा ढुवानीमा समस्या छभने वर्षामा दूध बजार पु¥याउनै कठिन छ’, शर्माले भने, ‘समयमा दूधको भुक्तानी पाउने र बाह्रै महिना बजारको समस्या नहुँदा उत्पादन अझै बढी हुन्छ ।’ सहकारीको दूध पोखरा, बागलुङ र कुश्मा लगायतका बजारमा बिक्री हुने गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend