९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कांंग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदै


जनमञ्च संवाददाता
  • १६ पौस २०७९ , शनिबार

  • कांंग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदै

    बागलुङ, १६ पुस– पुस १६ को अवसरमा नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप तथा एकता दिवस’ मनाउँदै छ । कांग्रेसका संस्थापक नेता बीपी कोइराला आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते मेलमिलापको नीतिसहित स्वदेश फर्किएको सम्झनामा कांग्रेसले यो दिवस मनाउँदै आएको छ ।
    तत्कालीन राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । बीपीसहित नेता आठ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा गएका थिए ।
    मुलुक झन् अस्थिर बनेको भन्दै बीपी राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता कायम गरी देशको विकास गर्नुपर्ने भन्दै फर्किएका थिए ।
    दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट देश बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै उनी त्यसबेला स्वदेश फर्किभएका थिए । उनीसँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेता स्वदेश फर्किएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend