बागलुङ, २२ पुस– राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था बागलुङको १२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एवँ गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाले निजामती कर्मचारीहरुले संचालन गरेको सहकारी उत्कृष्ट हुनुपर्ने बताए ।
उनले सहकारीको मुल्य, मान्यता, नीति नियम र सिद्धान्तलाई आत्मसाथ गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकेमा सहकारी र सहकारीकर्मीको सम्मृद्धिमा सहयोग पुग्नेमा जोड दिए ।
कार्यक्रममा संगठनका केन्द्रिय उपमहासचिव रामचन्द्र अधिकारी, केन्द्रिय सदस्य तेज प्रसाद निउरे, गण्डकी प्रदेश महासचिव रामचन्द्र पहारी, प्रदेश सदस्य सरस्वती देवी रेग्मी, संगठनका जिल्ला अध्यक्ष श्याम कुमार थापा, सहकारीका संस्थापक अध्यक्ष गोविन्द प्रसाद शर्मा र निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव सोमराज पाण्डेले प्रगति तथा कोषाध्यक्ष गुप्तबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट कारोवार कर्ता जयबहादुर कार्की, उत्कष्ट बचत कर्ता नकुल शर्मा तथा कर्मचारी लक्ष्मीप्रसाद पौडेल र भुमीराज शर्मा पन्तलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रम राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णराज गौतमको अध्यक्षता, उपाध्यक्ष काशीराम शर्माको स्वागत र सचिव सोमराज पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।