१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो


जनमञ्च संवाददाता
  • २३ पौस २०७९ , शनिबार

  • शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो

    पर्वत, २३ पुस– गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् ।
    तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, पालिकाका प्रमुख तथा सरोकारवाला भेला भएर शालिग्राम शिला तथा सेतीवेणी क्षेत्रलाई संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
    पर्वतको विहादी गाउँपालिका शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ मा अवस्थित सेतीवेणी बजार तथा शालिग्रामको संरक्षण, बजार एवं बस्ती व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वपक्षीय भेला गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
    पर्वत र स्याङ्जाहुँदै बग्ने सेतीखोलाले धार परिवर्तन गरेपछि शिला उच्च जोखिममा परेको छ । ‘पछिल्लो समय गुल्मीको भागतर्फ कालीगण्डकीले बालुवा थुपारेका कारण शिलाको आडैबाट नदी बगिरहेको छ’, विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले भने, ‘शिला र दशनार्थी घुम्ने ठाउँ जोखिममा छ ।’
    वर्षायाममा कालीगण्डकी नदीमा पानीको सतह बढ्दा वर्षाैदेखि भत्किएको शिलाको परिक्रमास्थल अहिलेसम्म मर्मत हुनसकेको छैन । कुन जिल्लाले मर्मत गर्ने र संरक्षण गर्ने भन्नेबारे अन्योल हुँदा यसको उचित संरक्षण र संवद्र्धन हुन नसकेको स्थानीय सुनकुमारी भट्टराईले बताइन् ।
    बाढीका कारण स्थानीय वर्षाको समयमा त्रासमा रहने हुँदा यसको दिगो समाधानका लागि योजना बनाउन लागिएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताए । ‘स्थानीय तहको बजेटले मात्रै यसको संरक्षण सम्भव छैन, त्यसैले बृहत् गुरुयोजना निर्माण गर्ने तयारीमा छौ’, भट्टराईले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend